शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायती महारानी एलिजावेथ द्वितीयले अमेरिकी राष्ट्रपतिलाई भेट्ने

बिहीबार, २० जेठ २०७८, २३ : २४
बिहीबार, २० जेठ २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई भट्ने भएकी छन् । उनीहरुका बीचमा आगामी जुन १३ तारिखमा महारानीको दरबार बकिङहममा भेटवार्ता हुने तय भएको अधिकारीहरुले जनाएका छन् ।  बेलायती राजदरबारले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ, “महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो वाइडेनलाई भेट गर्नुहुने भएको छ । भेटका क्रममा अमेरिकी प्रथम महिला जिल बाइडेन समेत सहभागी हुनुहुनेछ ।” 

अमेरिकी राष्ट्रपति वाइडेन केही हप्तापछि हुने जी ७ को सम्मेलनमा सहभागी हुन बेलायत आउने कार्यक्रम रहेको छ । सोही अवसरमा उनले बेलायती महारानीलाई भेट्नुहुने भएको हो ।    राष्ट्रपतिमा निर्वाचित भएपछि वाइेडन दम्पतीको यो पहिले विदेश भ्रमण हुने राष्ट्रपति कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन् ।   

विश्व राजनीति र अर्थतन्त्रमा निकै महत्वपूर्ण मानिने जी–७ को सम्मेलन यही जुन ११ देखि १३ सम्म हुने तय भएको छ । सम्मेलनमा अन्य देशका पनि शीर्ष नेताहरु सहभागी हुने सुनिश्चित भइसकेको सम्मेलनका व्यवस्थापकहरुले जनाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप