अमेरिकाले नेपाललाई कोराेनाविरुद्धको खोप दिने
अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको खोप* उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चारविज्ञ टीका ढकालले ट्वीटमार्फत साे कुराको जानकारी दिएका हुन् ।
*यसअघि ढकालले अमेरिकाले ५० लाख डाेज खाेप उपलब्ध गराउने बताए पनि साे संख्या उनले सच्याएकाे कारण क्षमायाचनासहित यहाँ सच्याइएकाे छ ।
मैले उल्लेख गरेको परिमाणलाई म तत्काल सच्याउन चाहन्छु ! यो परिमाण हाम्रो अपेक्षा र अनुरोध हो I I stand corrected on the number ! https://t.co/haUmUCdKhL
— Tika P. Dhakal (@TikaDhakaal) June 3, 2021
यता, अमेरिकी राष्ट्रपति जो बाइडेनले जारी गरेको वक्तत्वमा पहिलो चरणमा २.५ करोड करोड डोज खोप वितरण गर्न लागिएको जानकारी दिइएको छ । यसमध्ये ७५ प्रतिशत अर्थात् १.९ करोड डोज खोप कोभ्याक्सकाे माध्यमबाट वितरण गरिने बताएको छ । यसमध्ये ६० लाख डोज ल्याटिन अमेरिका, ७० लाख डोज दक्षिण र दक्षिण पूर्वी एसियामा र ५० लाख डोज खोप अफ्रिकामा वितरण गरिनेछ । बाँकी ६० लाख डोज अमेरिकाले कोरोना महामारीको गम्भीर चपेटामा रहेका राष्ट्र, छिमेकी र पार्टनरहरुलाई वितरण गर्ने बताइएको छ ।
अमेरिकाले जुन महिनाको अन्त्यसम्ममा ८ करोड डोज खोप वितरण गर्ने जनाएको छ ।
White House National Security Advisor Jake Sullivan: "Today, we're announcing our plan for sharing the first 25 million U.S. vaccines with the world."
"We're in a position to help others, so we will help others." pic.twitter.com/ifNcrUU8q0
— MSNBC (@MSNBC) June 3, 2021
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि अमेरिकाले खोप सहयोग गर्न लागेकोमा खुसी व्यक्त गरेका छन् ।
When Nepal is battling a dreadful wave of the pandemic, what can be a more welcome news than announcement by United States of COVID-19 vaccine support! Thank you @SecBlinken and the American people for this friendly gesture!
— Pradeep Gyawali (@PradeepgyawaliK) June 3, 2021