झापामा जेठ मसान्तसम्म निषेधाज्ञा थप
बिहीबार, २० जेठ २०७८, २० : ०६

जिल्लामा पहिलोपटक बैशाख २२ गते मध्ये रातबाट जारी गरिएको निषेधाज्ञा पाँचौ पटक थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले आज एक सूचना जारी गरि जेठ मसान्तसम्म निषेधाज्ञा थप गरिएको जनाएको हो । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड(१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले जिल्लामा संक्रमण नियन्त्रणमा आइनसकेकाले निषेधाज्ञा थप गरिएको बताइएको छ ।
यसअघि औषधि पसल बाहेक अन्य पसल बन्द गरिएको भएपनि अब भने हप्ताको दुई दिन आइतबार र बुधबार बिहान ६ देखि ९ बजेसम्म खाद्यान्न, तरकारी, फलफुल, मासु तथा दूध डेरीका पसल खोल्न दिने निर्णय गरेको छ । कोरोना महामारीको दोस्रो लहर शुरु भएयता झापामा १२२ जनाको मृत्यु भएको छ भने ४ हजार ३२१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्याकरहरूले भेट्टाए टू फ्याक्टर अथेन्टिकेशन छल्ने तरिका
-
किसानको आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन
-
झापा गोल्डकप : पहिलो सेमिफाइनलमा भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजारबिच प्रतिस्पर्धा
-
कर्णालीका स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
-
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
-
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा