बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

झापामा जेठ मसान्तसम्म निषेधाज्ञा थप

बिहीबार, २० जेठ २०७८, २० : ०६
बिहीबार, २० जेठ २०७८

जिल्लामा पहिलोपटक बैशाख २२ गते मध्ये रातबाट जारी गरिएको निषेधाज्ञा पाँचौ पटक थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले आज एक सूचना जारी गरि जेठ मसान्तसम्म निषेधाज्ञा थप गरिएको जनाएको हो । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड(१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले जिल्लामा संक्रमण  नियन्त्रणमा आइनसकेकाले निषेधाज्ञा थप गरिएको बताइएको छ ।

यसअघि औषधि पसल बाहेक अन्य पसल बन्द गरिएको भएपनि अब भने हप्ताको दुई दिन आइतबार र बुधबार बिहान ६ देखि ९ बजेसम्म खाद्यान्न, तरकारी, फलफुल, मासु तथा दूध डेरीका पसल खोल्न दिने निर्णय गरेको छ ।  कोरोना महामारीको दोस्रो लहर शुरु भएयता झापामा १२२ जनाको मृत्यु भएको छ भने  ४ हजार ३२१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप