कोका–कोला फाउन्डेशनद्वारा अक्सिजन उत्पादन गर्ने युनिट स्थापना गर्न सहयोग
काठमाडौं । कोरोनाभाइरस महामारीको दोस्रो लहरको कारण नेपालको बिग्रँदै गइरहेको स्वास्थ्य संकटबाट बच्नको लागिकोका–कोला फाउन्डेशनले अक्सिजन उत्पादन गर्ने युनिटको स्थापना गर्न क्रियसनलाई सहयोग गरेको छ ।
यो युनिट कोभिड–१९ को बढ्दो बिरामीहरुको लागि सबैभन्दा महत्वपूर्ण चिकित्सा उपकरणहरु मध्येको एक हो । यो रकम कोका–कोला फाउन्डेशनले नेपाल रेड्क्रस सोसाइटीलाई भ्याक्सिनेशन एक्सेस इनिसिएटिभ, सार्वजनिक खोप जागरुकता र फ्रन्टलाइन वर्कर र भल्नेरेबल जनशक्तिलाई पीपीईका लागि प्रदान गरेको हो ।
यी युनिटहरु नेपालका धेरै अस्पतालहरुमा स्थापित भइसकेका हुनाले यसमा अरु नियामक समस्याहरु पनि पैदा नहुने फाउन्डेसनले जनाएको छ । प्रत्येक युनिटले दिनमा ५० बेड र १५ सिलिन्डर सम्म केटर गर्न सक्छ र यसबाट जीवन बचाउने ग्यासको अभाव पूरा गर्ने अपेक्षा राखिएको छ । फ्रान्समा आधारित मेडिकल उपकरण निर्माण कम्पनी नोभएयरले क्रियसन र यसका कन्सोर्टियम पार्टनरहरुको साथमा १० वटा युनिटहरुको माग गरिसकेको छ ।
कोका–कोला फाउन्डेशनका प्रेसिडेन्ट र अक्ष्यक्ष बीए पेरेजले कोभिड–१९ का बिरामीहरुको लागि थप अक्सिजनको उपलब्धता सिर्जना गर्ने क्रियसनको प्रयासलाई समर्थन गर्ने बताए ।
अक्सिजन उत्पादन गर्ने युनिटले २०,००० भन्दा बढी मानिसहरुलाई लाइफ सेभिङ्ग अक्सिजनको सप्लाईले ठूलो फाइदा हुने फाउन्डेसनले बताएको छ । यसबाट १८,००० भन्दा बढी अस्पतालको बेडहरुले एक वर्षसम्म नियमित अक्सिजनको सप्लाई पाउँनेछन् र ५,००० भन्दा बढी अक्सिजन सिलिन्डर रिफिल गरेर खाँचोमा परेका बिरामीहरुलाई दिइने पनि फाउन्डेसनले बताएको छ ।
क्रियसनका फाउन्डर र प्रेसिडेन्ट आनन्द मिश्राले क्रियसनले शुरु गरेको अक्सिजन फर नेपाल नेपालमा कोभिड–१९ विरुद्ध सबैभन्दा ठूलो गैर–सरकारी ह्युमानिटेरियन रेस्पन्स भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'पार्टीभित्र कमजोरी भएकाले यस्तो अवस्था आयो, अब वैचारिक पुनर्गठन गर्नुपर्छ'
-
दिनभर आन्दोलन गरेका लघुवित्त पीडित राति बास नपाएर भौँतारिँदै
-
एमालेभित्र कोशीमा मुख्यमन्त्री को बन्ने भन्नेमै विवाद !
-
बागमती सरकार निर्माणमा नेकपा र एमालेको जुरेन भाखा, टिकाउन खोज्दै कांग्रेस
-
२७ तस्बिरमा हेर्नुहोस् झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर
-
पार्टी एकता सहमतिउन्मुख छ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण