नोकियाको सी २०–स्टनिङ फोन मात्र १० हजार ९९९ मा
काठमाडौं । नोकियाले सी २०–स्टनिङ र फिनिसिङ क्वालिटी भएको फोन मात्र १० हजार ९९९ मा उपलब्ध गराएको छ । एचएमडी ग्लोबल होम अफ नोकिया फोन नयाँ सी–सिरिज स्मार्टफोन, नोकिया सी २० भर्खरै सार्वजनिक गरेको छ । कम्पनीले नर्डिक डिजाइन र बिल्ड–क्वालिटीबाट निर्मित अल–डे ब्याट्री लाइफ भएको एन्ड्रोइड११ (गो एडिसन) र सुरक्षा अपडेटका साथ १० हजार ९९९ मा उपलब्ध गराएको हो ।
नोकिया सी २० ले स्मार्टफोन टेक्नोलोजीलाई अझ बढी सुलभ बनाउन मद्दत गर्ने कम्पनीको ठहर छ ।
प्यान एसिया एचएमडी ग्लोबलका महाप्रबन्धक रवि कुँवरले लभ इट, ट्रष्ट इट र किप इटले नोकियाको भरोसा दर्साउने बताए । राम्रो ब्याट्री लाइफ, छिटो प्रदर्शन र एक्सेप्सनल डिजाइन फिलोसोफी फोनको मुख्य विशेषता भएको उनले बताए । साथमा ३ वर्षको सुरक्षा अपडेटसँग कन्सिस्टेन्ट भएको जसले डाटा ब्रिचेजबाट प्रयोगकर्ताहरूलाई मानसिक शान्ति प्रदान गर्ने पनि कुँवरले बताए ।
उनले एचएमडी ग्लोबलले हार्डवेयरको मार्फत मात्र नभई सफ्टवेयर मार्फत पनि र २ वर्षको अपरेटिङ सिस्टम अपग्रेडका साथ फोनलाई अप–टु–डेट र फ्रेस एज न्यू बनाएर यसलाई बलियो र टिकाउ बनाइएको बताए ।
५ एम्पीको फ्रन्ट र रियर क्यामेरा यसमा उपलब्ध छ । ठूलो ६.५ इन्चको एचडी+ स्व्रिmनको साथ ३००० एमएएच ब्याट्रीको संयोजनले ब्याट्रीको चिन्ता बिना सम्पूर्ण दिन प्रयोग गर्न सकिने कम्पनीले दावी गरेको छ ।
स्यान्ड र डार्क ब्लु रंगमा उपलब्ध नोकिया सी २–३२ जीबीको नेपाली मूल्य १० हजार ९९९ तोकिएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर-नगरकोट सडक परियोजना सम्झौता रद्द
-
शिक्षामन्त्री विद्या भट्टराईले ६ महिनामा के–के गरिन् ?
-
दुर्गा प्रसाईंले बुझाए धरौटी, सहयोगीले बुझाउन सकेनन्
-
कास्कीबाट छुटेसँगै रवि लामिछाने थुनामुक्त हुन्छन् कि हुँदैनन् ? के हुन्छ अब ?
-
माघ १ गतेदेखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
-
कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने