शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नोकियाको सी २०–स्टनिङ फोन मात्र १० हजार ९९९ मा

बिहीबार, २० जेठ २०७८, १८ : ४७
बिहीबार, २० जेठ २०७८

काठमाडौं । नोकियाले सी २०–स्टनिङ र फिनिसिङ क्वालिटी भएको फोन मात्र १० हजार ९९९ मा उपलब्ध गराएको छ । एचएमडी ग्लोबल होम अफ नोकिया फोन नयाँ सी–सिरिज स्मार्टफोन, नोकिया सी २० भर्खरै सार्वजनिक गरेको छ । कम्पनीले नर्डिक डिजाइन र बिल्ड–क्वालिटीबाट निर्मित अल–डे ब्याट्री लाइफ भएको एन्ड्रोइड११ (गो एडिसन) र सुरक्षा अपडेटका साथ १० हजार ९९९ मा उपलब्ध गराएको हो ।

नोकिया सी २० ले स्मार्टफोन टेक्नोलोजीलाई अझ बढी सुलभ बनाउन मद्दत गर्ने कम्पनीको ठहर छ । 

प्यान एसिया एचएमडी ग्लोबलका महाप्रबन्धक रवि कुँवरले लभ इट, ट्रष्ट इट र किप इटले नोकियाको भरोसा दर्साउने बताए । राम्रो ब्याट्री लाइफ, छिटो प्रदर्शन र एक्सेप्सनल डिजाइन फिलोसोफी फोनको मुख्य विशेषता भएको उनले बताए । साथमा ३ वर्षको सुरक्षा अपडेटसँग कन्सिस्टेन्ट भएको जसले डाटा ब्रिचेजबाट प्रयोगकर्ताहरूलाई मानसिक शान्ति प्रदान गर्ने पनि कुँवरले बताए ।

उनले एचएमडी ग्लोबलले हार्डवेयरको मार्फत मात्र नभई सफ्टवेयर मार्फत पनि र २ वर्षको अपरेटिङ सिस्टम अपग्रेडका साथ फोनलाई अप–टु–डेट र फ्रेस एज न्यू बनाएर यसलाई बलियो र टिकाउ बनाइएको बताए ।  

५ एम्पीको फ्रन्ट र रियर क्यामेरा यसमा उपलब्ध छ । ठूलो ६.५ इन्चको एचडी+ स्व्रिmनको साथ ३००० एमएएच ब्याट्रीको संयोजनले ब्याट्रीको चिन्ता बिना सम्पूर्ण दिन प्रयोग गर्न सकिने कम्पनीले दावी गरेको छ ।
स्यान्ड र डार्क ब्लु रंगमा उपलब्ध नोकिया सी २–३२ जीबीको नेपाली मूल्य १० हजार ९९९ तोकिएको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप