सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु
बिहीबार, २० जेठ २०७८, १८ : ३६

सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका बिभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर १, कैलाली २, बझाङका १ जना रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५१ मा एन्टिजेन परीक्षण गर्दा १ सय ४५ जनामा कोरोना पुष्टी भएको छ भने ७ सय ८२ मा पिसिआर परिक्षण गर्दा १ सय ८३ मा कोरोना पुष्टी भएको छ ।
एन्टिजेन परीक्षण गरिएको १ जनाको मृत्यु भएको छ भने पीसीआर परीक्षण गरिएका ३ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए । प्रदेशमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय १६ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२५ करोड प्रकरण : ट्रक चालक र मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर
-
भाटभटेनीबाट फलफूल चोरेर भागेका ८ जना हाजिरी जमानीमा छुटे
-
तत्कालीन प्रदेश सचिव अधिकारीलाई सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्धको रिटमा लिखित जवाफ माग
-
सर्वोच्चले जिल्लासँग माग्यो पूर्वडीआईजी जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन
-
पाँचपटकका च्याम्पियन चेन्नई र मुम्बईसँगै संकटमा छन् यी चार टोली