बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

बिहीबार, २० जेठ २०७८, १८ : ३६
बिहीबार, २० जेठ २०७८

सुदुरपश्चिम प्रदेशमा कोरोना  संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका बिभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर १, कैलाली २, बझाङका १  जना रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।

त्यस्तै  पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५१ मा एन्टिजेन परीक्षण गर्दा १ सय ४५ जनामा कोरोना पुष्टी भएको छ भने ७ सय ८२ मा पिसिआर परिक्षण गर्दा १ सय ८३ मा कोरोना पुष्टी भएको छ । 

एन्टिजेन परीक्षण गरिएको १ जनाको मृत्यु भएको छ भने पीसीआर परीक्षण गरिएका ३ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए । प्रदेशमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय १६ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप