बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु

बिहीबार, २० जेठ २०७८, १८ : २२
बिहीबार, २० जेठ २०७८

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १६ जनाको मृत्यु भएको हो ।  गण्डकी प्रदेशमा विभिन्न जिल्लाका १६ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए । 

उनकाअनुसार कास्कीमा ७, स्याङजा २ नवलपरासी पूर्व २, बागलुङ ३, मनाङ १ र गोरखामा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । गण्डकी प्रदेशमा पहिलोपटक मनाङमा कोरोना संक्रमितको मृत्यु भएको हो । यसअघि मनाङ बाहेक प्रदेशका १० वटा जिल्लामा संक्रमितको मृत्यु भइसकेको छ । 

पोखरा–२९ की ३० वर्षीय महिला, पोखरा–१ का ३२ वर्षीय पुरुष, पोखरा–१७ का ७२ वर्षीय पुरुष, पोखरा–१४ की ९८ वर्षीय  महिला, पोखरा–३३ का ५७ वर्षीय पुरुष, पोखरा–१३ का ६७ वर्षीय पुरुष, दाङको लमही –५ का ३८ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । 

त्यसैगरी बागलुङको बागलुङ नगरपालिका–३ का ७१ वर्षीय पुरुष, गलकोट–९ की ३० वर्षीय महिला, गलकोट–१ की ५६ वर्षीय महिला, स्याङजा हरिनाश–४ का ७१ वर्षीय पुरुष, बिरुवा–८ की ७६ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै गोरखा बारपाक सुलिकोट–२ की २६ वर्षीय महिला, नवलपरासी पूर्व मध्यविन्दु–१ का ५३ वर्षीय पुरुष, मध्यविन्दु–१० का ४७ वर्षीय पुरुष, मनाङ जिल्लाको निस्याङ–५ की ५६ वर्षीय महिलाको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२३ पुगेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप