स्वस्तिमाले मागिन् चलचित्र प्राविधिकको लागि सहयोग
![स्वस्तिमाले मागिन् चलचित्र प्राविधिकको लागि सहयोग](https://rpcdn.ratopati.com/media/albums/swastima2_20190726145439_PBVpF4q1DX.jpg)
निषेधाज्ञाका कारण आर्थिक समस्यामा रहेका फिल्म प्राविधिकको सहयोगमा कलाकारहरु अगाडि आउन थालेका छन् । यस्तैमा अभिनेत्री स्वस्तिमा खड्काले फिल्म प्राविधिकलाई सहयोग जुटाउने उदेश्यले एक अभियान थालेकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै समस्यामा रहेका प्राविधिकहरूलाई सकेको सहयोग गर्न अपिल समेत गरेकी छन् ।
‘हामी असामान्य परिस्थितिमा छौं । यस्तो बेला सरकारको प्राथमिकतामा फिल्म उद्योग पर्न सकेको छैन’ उनले अगाडि भनेकी छन्, ‘कोरोनाको मारमा सबैभन्दा बढी मारमा फिल्ममा काम गर्ने प्राविधिकहरू परेका छन् ।’ दैनिक छाक टार्न समेत प्राविधिकहरुको समस्या रहेको समाचारले आफुलाई भाबुक समेत बनाएको बताएकी छन् ।
आफ्नो चिनजानका व्यक्ति र आफू आबद्ध ब्रान्डहरुलाई समेत प्राविधिकको सहयोगका लागि आफुले आग्रह गरेको बताएकी खड्काले फिल्म प्राविधिकको काम र पारिश्रमिकको बिषयमा समेत चर्चा गरेकी छन् । ‘लकडाउनको समयसम्म सजिलो बनाउन सके प्राविधिकहरूका लागि ठूलो राहत हुने थियो’ उनले अगाडि भनेकी छन्, ‘यो समयमा सहयोग माग्न आफूलाई एकदमै अप्ठेरो लागेको छ । सक्नेले सहयोग गर्न आग्रह गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी हिरासतबाट फर्किएका नेपालीको अनुभव– अहिले युक्रेन जानु सुगाको पिँजडामा पर्नु जस्तै हो
-
वार्षिक १० हजारलाई रोजगारी दिने कार्यक्रमको कानुन निर्माण प्रक्रिया अघि बढाउने सहमतिसँगै हट्यो संसद्को गतिरोध
-
घरेलु मैदानमा जितविहीन बन्दै टुंगियो नेपाली टोलीको यात्रा, थाइल्यान्डसँग ७ विकेटले पराजित
-
अलपत्र शीतभण्डार सञ्चालनमा ल्याउन निर्देशन
-
९ महिना युक्रेनीको कब्जामा रहेका २ नेपाली स्वदेश फिर्ता (तस्बिरहरू)
-
२ करोड ७९ लाख धरौटी बुझाइसकेका रवि लामिछानेसँग कति छ सम्पत्ति ?