शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजार २९.५५ अंकले बढ्दा १६ अर्बको कारोबार

बिहीबार, २० जेठ २०७८, १६ : १४
बिहीबार, २० जेठ २०७८

साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक २९.५५ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक २९.५५ अंकले वृद्धि भएर १८५६.६७ विन्दुमा पुगेको हो । 
यस दिन प्रमुख कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ७.९६ अंकले बढेर ५१३.११ विन्दुमा पुगेको छ । 

नेप्सेका अनुसार आज ११८ कम्पनीका ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता सेयर १ लाख ५५ हजार ६५५ पटक कारोबार हुँदा अधिकतम १६ अर्ब ९० करोड ७० हजार २० लाख २८६ रुपैयाँको कारोबार भएको छ । 
केही दिनअघि यो भन्दा बढि १७ अर्ब माथिको कारोबार भएको थियो ।

आज सेयर बजारमा व्यापार, हाइड्रोपावर, निर्जीवन बीमा र अन्य क्षेत्र बाहेका प्राय सबै समूहहरु धनात्मक (पोजिटिभ) रहेका छन् । 

आज सबैभन्दा बढि कमाउनेमा महिला लघुवित्त र मञ्जुश्री फाइनान्स लिमिटेड रहेका छन् भने, सबै भन्दा बढि गुमाउनेमा पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड रहेका छन् । 

महिला लघुवित्तका सेयर धनीहरुले अधिकतम १० प्रतिशतले कमाएका छन् भने, पन्चकन्याका सेयर धनीहरुले अधिकतम ५.९२ प्रतिशतले गुमाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप