कम उमेरमै आत्महत्या रोज्ने यी हुन् ६ बलिउड सेलिब्रेटी
मुम्बई । बलिउडमा कम उमेरमा आत्महत्या रोज्ने थुप्रै कलाकार छन् । ती मध्ये ६ को चर्चा यहाँ गर्न खोजिएको छ ।
जिया खान :
‘गजनी’, ‘निशब्द’ र ‘हाउसफुल’ जस्ता फिल्ममा काम गरेकी अभिनेत्री जिया खानले ३ जुन २०१३ मृत्यु भएको थियो । उनले जुहुस्थित आफ्नै घरमा आत्महत्या गरेकी थिइन् । उनको घरमा केही चिट्ठी पनि भेटिएको थियो । जसमा प्रेमी आदित्य पञ्चोलीले धोका दिएको कुरा उल्लेख थियो ।
सुशान्त सिंह राजपुत :
‘ड्राइव’, ‘छिछोरे’, ‘केदारनाथ’ जस्ता फिल्ममा अभिनय गरेका सुशान्तको निधन ३४ वर्षमा भएको थियो । उनले १४ जुन २०२० मा बान्द्रास्थित घरमा झुन्डिएर आत्महत्या गरेका थिए । सुशान्तको निधनको कारण बलिउडमा ठुलै हंगामा भएको थियो ।
दिव्या भारती :
दिब्या भारतीको मृत्य अपत्यारिलो थियो । उनका श्रीमान् साजिद नाडियाडवालका अनुसार उनले मुम्बईको पाँच तल्लामा रहेको अपार्टमेन्टबाट हाम फालेर आत्महत्या गरेकी हुन् । उनले ५ अप्रिल १९९३ मा आत्महत्या रोजेकी हुन् । सो समय १९ वर्षकी उनले १४ फिल्ममा काम गरिसकेकी थिइन् ।
प्रत्युषा बनर्जी :
‘बालिका वधु’ फेम अभिनेत्री प्रत्युषाले १ अप्रिल २०१६ मा आत्महत्या गरेकी थिइन् । २४ वर्षकी प्रत्युषको शव उनको कोठाको पंखामा झुन्डिएको अवस्थामा भेटिएको थियो । उनले मृत्युको कारण प्रेमी राहुल राजसिंह भएको उनले चिट्टीमा लेखेकी थिइन् ।
प्रेक्षा मेहता :
‘क्राइम पेट्रोल’, ‘लाल इश्क’ र ‘मेरी दुर्गा’ जस्ता शोकी अभिनेत्री प्रेक्षाले गत २५ मेमा इन्दौरमा आत्महत्या गरेकी थिइन् । उनले आफ्नो टुटेको सपनाले कन्फिडेन्ट सिध्याएको चिट्टीमा लेखेकी थिइन् ।
मनमीत ग्रेवाल :
३२ वर्षका अभिनेता मनमीत गे्रवालले गत १५ मेमा आत्महत्या गरेका थिए । उनको आत्महत्याको कारण आर्थिक समस्या रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशजना शेर्पाको टोली एकैसाथ सगरमाथाको चुचुरोमा
-
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणमा समेत बिचौलियाको बिगबिगी
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता