शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरको वडा–वडामा कोरोना परीक्षण

बिहीबार, २० जेठ २०७८, १४ : ०२
बिहीबार, २० जेठ २०७८

 सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगरपालिका भित्र रहेका १६ वडाहरूमा कोरोना परीक्षण सुरु गरेको छ । संक्रमण फैलिएपछि  परीक्षण तीव्र बनाइएको नगरपालिकाले जनाएको छ । यस समय अघिबाट वीरेन्द्रनगरमै रहेको कट्कुवा स्वास्थ्य चौकीमा हप्तामा तीन दिन मात्रै कोरोना परीक्षण हुँदै आएको थियो । तर कोरोना संक्रमितहरु धेरै होम आइसोलेसनमा रहेको र टोल–टोलमा संक्रमण फैलिन नदिन नगरपालिका वडा–वडामा पुगेको हो । 
जसअन्तर्गत बुधबार वडा नं. १३ को वडा स्वास्थ्यचौकी र वीरेन्द्रनगर नगरपालिका परिसरमा स्वास्व संकलन तथा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ ।

त्यस्तै बिहीबार वडा नं. ४ को भैरवस्थान स्कुल र वडा नं. ९ को स्वास्थ्यचौकी लाटीकोइली, २१ गते शुक्रबार पुनः वीरेन्द्रनगर परिसर र वडा नं. १४ को स्वास्थ्य चौकी गढी, २२ गते शनिबार वीरेन्द्रनगर–२ को स्वास्थ्य चौकी उत्तरगंगा र २३ गते आइतबार वडा नं. १२ को आधारभूत स्वास्थ्य केन्द्र नेवारे र वडा नं. १ को आधारभूत स्वास्थ्य केन्द्र धारापानीमा स्वाब संकलन गरिने नगरपालिकाले जनाएको छ ।

वीरेन्द्रनगर नगरपालिकाको कार्यालय परिसरमा वडा नं. ६, ७ र ८ का स्थानीयको स्वाब संकलन गरिने छ । यसअघि मंगलबार वडा नं. ३ को हरिडिलभूमि स्कूल र वडा नं. ७ को वडा कार्यालयमा स्वाव संकलन गरिएको थियो ।

कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा यही २५ गतेसम्म निषेध आदेश जारी रहेको छ । नगरपालिकाले २३ गतेभित्रै सबै वडामा स्वाव संकलन गरिसक्ने र संक्रमणको दरलाई हेरेर निषेध आदेश अन्त्य गर्ने वा कायम राख्ने भनेर एकीन हुने नगरप्रमुख देवकुमार सुवेदीले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप