बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

...त्यसपछि पार्टी फुट्दैन, ब्रेक थ्रु हुन्छ : रिजाल

बिहीबार, २० जेठ २०७८, १२ : ५४
बिहीबार, २० जेठ २०७८

नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीभित्र सैद्धान्तिक, वैचारिक विवाद नभएको दावी गरेका छन् ।  उनले पार्टीको संगठनात्मक व्यवस्थापनका बारेमा विवाद भएपनि जेठ २ वरपर रहेर निकास खोज्नासाथ समाधान हुने आशा व्यक्त गरेका छन् । साथै उनले त्यसपछि भित्र र बाहिरबाट जतिसुकै प्रयत्न गरेपनि पार्टी नफुट्ने बरु ब्रेक थ्रु हुने जनाएका छन् ।

‘नेकपा (एमाले) मा सैद्धान्तिक–बैचारिक विवाद छैन र यस सिंगो प्रकरणमा त्यस्ता कुनै पनि मुद्दा देखा परेका छैनन् । संगठनात्मक व्यवस्थापनका बारेमा विवाद छ, जुन जेठ २ वरपर रहेर निकास खोज्नासाथ समाधान हुन्छ, सबै नेता–कार्यकर्ताले काम गर्न पाउने वातावरण बन्छ । त्यसपछि भित्र र बाहिरबाट जति प्रयत्न गरे पनि पार्टी फुट्दैन । आशा गरौँ, छिट्टै यसमा ’ब्रेक थ्रु हुन्छ’, सामाजिक सञ्जालमा रिजालले बिहिबार लेखेका छन् । 

नेकपा एमालेका दुवै पक्षको बैठकको पूर्व सन्ध्यामा रिजालको यस्तो भनाई आएको हो ।  एमालेको माधव समूहको केन्द्रीय समिति बैठक जारी छ भने ओली पक्षको अपरान्ह चार बजे स्थायी समिति बैठक बस्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप