समाचार

निषेधाज्ञाका बीच पशुपति गुरुयोजनाको काम निरन्तर, तस्बिरमा हेर्नुहोस्

person explore access_timeजेठ २०, २०७८ chat_bubble_outline0

कोरोनाभाइरसका कारण जारी निषेधाज्ञाका बीच पशुपति क्षेत्र विकास संरक्षण गुरुयोजनाको काम जारी रहेको छ । स्वास्थ्य मापदण्डको पालनाका साथ गुरुयोजनाको काम जारी राखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 
सरकारले गुरुयोजना विस्तारका लागि आगामी आर्थिक वर्षमा समेत ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

गत शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेट वक्तव्यमा आर्थिक वर्ष २०७८–२०७९ मा पशुपति क्षेत्रका सम्पदा पुनर्निर्माणलाई तीव्रता दिइने उल्लेख छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका विभिन्न संरचनामा ०७२ सालको भूकम्पले क्षति पुगेको थियो ।  सो संरचनाको मर्मतसहित पशुपतिको बृहत्तर विकास गर्ने लक्ष्यका साथ काम भइरहेको हो । उसो त पशुपतिनाथको प्राचीनता मासिने गरी गुरुयोजना तयार गरिएको भन्दै अभियन्ताहरुले विरोध समेत गर्दै आएका छन्। 

 

 

 


 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।