भारतमा पछिल्लो २४ घण्टामा १.३३ लाख नयाँ संक्रमित भेटिए, २.११ लाख निको भए

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितमा साधारण वृद्धि देखिएको छ । यहाँ बुधबार १ लाख ३३ हजार ९५३ जनामा कोरोना संक्रमण देखिएको छ । यो आँकडा मंगलबारको तुलनामा करिब ८ सय भन्दा बढी हो । यद्यपि, संक्रमणका कारण मृत्यु हुनेको आँकडामा कुनै कमी देखिएको छैन । पछिल्लो २४ घण्टामा २,८९७ जनाको मृत्यु भयो ।
पछिल्लो २४ घण्टामा यहाँ २ लाख ११ हजार ७५० संक्रमित निको भए । यसरी सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको आँकडामा ८०,७४९ को कमी देखिएको छ । भारतमा कोरोनाका घट्दो संक्रमितका बीच अझै पनि ५ राज्य यस्तो छन् जहाँ एक लाखभन्दा बढी सक्रिय संक्रमित छन् । यसमा कर्नाटक (२.९३ लाख), तमिलनाडु (२.८८ लाख), महाराष्ट्र (२.१६ लाख), केरल (१.९२ लाख) र आन्ध्र प्रदेश (१.४३ लाख) छन् ।
भारतमा कोरोना महामारी आँकडामाः
पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः १.३३ लाख
पछिल्लो २४ घण्टामा कूल निको भएकाः २.११ लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः २,८८७
हालसम्म कूल संक्रमित भइसकेकाः २.८४ करोड
हालसम्म निको भएकाः २.६३ करोड
हालसम्म कूल मृत्युः ३.३८ लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः १७.०८ लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा साँझदेखि कर्फ्यु लगाउने तयारी
-
बालाजुको औद्योगिक क्षेत्रमा आगलागी
-
प्रजा राज्यलक्ष्मी देवी सिंह : जो राष्ट्रिय पञ्चायतमा उपाध्यक्ष हुने प्रथम महिला बनिन्
-
वीरगञ्जमा हनुमान जयन्त्रीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबिच झडप
-
बराबरीमा रोकिए झापा र पोखरा
-
वीरगञ्जमा झडपः पसल र मोटरसाइकलमा आगजनी, प्रहरीद्वारा अश्रुग्यास प्रहार