आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशमा एकै दिन २० जना कोरोना संक्रमितको मृत्यु

बिहीबार, २० जेठ २०७८, ०८ : ३०
बिहीबार, २० जेठ २०७८

मकवानपुर । कोरोना संक्रमणका कारण बागमती प्रदेशमा एकैदिन थप २० जनाको मृत्यु भएको छ ।

योसँगै बागमती प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ४ सय ४४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशका १३ जिल्लामा गरी ९ जना महिला र ११ जना पुरुषको संक्रमणका कारण मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, मृत्यु हुनेमा सबैभन्दा बढी काठमाडौंमा ५ जना महिला र ३ जना पुरुष गरी ८ जना रहेका छन् ।

त्यस्तै संक्रमणका कारण ललितपुरमा ४ जना, रामेछापमा ३ जना, काभ्रेमा २ जना, धादिङ, नुवाकोट र भक्तपुरमा १÷१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा ३७ देखि ८४ वर्ष उमेर समुहका व्यक्तिहरु रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप