आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान

बिहीबार, २० जेठ २०७८, ०७ : ३०
बिहीबार, २० जेठ २०७८

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको (Cyclonic Circulation)​ सामान्य प्रभाव छ ।

आज बिहान लुम्बिनी प्रदेशका थोरै भूभाग र देशका पहाडी भूभागमा आंशिक भइरहेको र  बाँकी भूभागमा सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । 

यसैगरी, आज दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहने सम्भावना रहेको छ । 

भने, प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

यस्तै, पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । 

यता, प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप