बेलायतमा ७५ प्रतिशत वयस्कले लगाए कोरोनाको खोप

लन्डन । बेलायतमा कोरोना विरूद्धको खोप अभियान शुरु भएको ६ महिना भन्दा पनि कम अवधिमा ७५ प्रतिशत वयस्कहरुले खोपको पहिलो डोज लगाइसकेका छन् । बुधबार सार्वजनिक तथ्यांकका अनुसार ७५.२ प्रतिशतले पहिलो डोज र ४९.५ प्रतिशतले खोपको दोस्रो डोज लगाएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ ।
पछिल्लो तथ्याँकअनुसार बेलायतमा हालसम्म ६ करोड ५६ लाख ५८ हजार ९४९ डोज खोप वितरण भइसकेको छ । जसमध्ये तीन करोड ९५ लाख ८५ हजार ६६५ जनाले पहिलो डोज र दुई करोड ६० लाख ७३ हजार २८४ जनाले दोस्रो डोज लगाएका छन् । पछिल्लो समय बेलायतमा कोरोना संक्रमण दरमा सामान्य वृद्धि हुँदै गइरहेको छ । केहि स्थानमा ‘इन्डियन भेरिएन्ट’ को संक्रमण देखिएपछि पछिल्ला दिनमा संक्रमण दरमा वृद्धि हुँदै गइरहेको हो ।
हाल दैनिक संक्रमण दर तीन हजारमाथि रहँदै आएको छ । निरन्तर बढ्दो क्रममा रहेको संक्रमण दर बुधबार चार हजार ३३० पुगेको छ । यो संख्या एक हप्ताभित्र ३६ प्रतिशतले बढेको हो । यससँगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या ४४ लाख ९४ हजार ६९९ पुगेको छ ।
यसैगरी बितेको २४ घन्टामा १२ जना कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ७९४ पुगेको छ । अघिल्लो दिन बेलायतमा कोरोनाबाट मृत्यु हुने संख्या महामारी शुरु भएयता पहिलोपल्ट शून्यमा झरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनेभामा परराष्ट्रमन्त्रीको सम्बोधनः नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छ
-
‘खाद्यान्नमा परनिर्भरता घटाउन बाँदर र बँदेललाई नियन्त्रण गरिनुपर्छ’
-
महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक
-
दलित समुदायमाथि विभेद अन्त्यको माग गर्दै प्रदर्शन
-
गण्डकीमा कर्मचारीको ज्येष्ठता विवाद: पुरानै नियुक्तिलाई कायम गर्न माग