शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

शान्ति समाजद्वारा कोभिड–१९ संक्रमित बिरामी तथा बालगृहमा खाद्यान्न सहयोग

बुधबार, १९ जेठ २०७८, २२ : ३१
बुधबार, १९ जेठ २०७८

मानव अधिकार तथा शान्ति समाजको २६ औँ स्थापना दिवसका अवसरमा देशका विभिन्न ठाउँमा शाखाहरूले विभिन्न कार्यक्रम गरी आज मनाएका छन् । सोही क्रममा  मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कोभिड संक्रमित बिरामीहरु तथा स्वास्थकर्मीलाई खाजा तथा सिर्जनशील संस्था नेपालद्वारा सञ्चालित बालगृहका बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ ।

कोभिड–१९ संक्रमणबाट नागरिकहरु आक्रान्त भई हाहाकार सिर्जना हुन  थालेको विकराल अवस्थामा शान्ति समाजले थोरै भए पनि सहयोग पुग्ने विश्वासले राहत वितरण गरेको शान्ति समाज रुपन्देहीका सभापति डी.पी. खनालले जानकारी दिए ।

सोही अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले नेपालका सत्ता सञ्चालकहरुले लोकतन्त्रप्रतिको इमानदारितामा आएको स्खलनले व्यवस्थाको जग हल्लिन लागेको बताए ।


सरकार जनउत्तरदायी र संवेदनशील बन्न नसक्दा कोरोना नियन्त्रण र संक्रमितको औषधी उपचार अव्यवस्थित भएकोले नागरिकले जीवन गुमाउनु परिरहेको र सरकार सत्ता र भत्ताको खोजीभन्दा पनि जनता बचाउन लाग्नु पर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप