काँग्रेस नेता एनपी साउदद्वारा कञ्चनपुरमा स्वास्थ्य सामग्री सहयोग
कञ्चनपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले कञ्चनपुरको क्षेत्र- २ का ३ नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । आफू संक्रमित भएका नेता साउदले गरेका सहयोग क्षेत्र २ का बेदकोट, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकालाई काँग्रेस क्षेत्रीय र नगर समितिको समन्वयमा बुधबार हस्तान्तरण गरिएको छ।
यसरी हस्तान्तरण गरिएको सामग्रीमा २५ वटा हस्पिटल बेड, टेबुल पंखा २५ थान र सर्जिकल मास्क ३ हजार थान रहेको छ। साउदले आफ्नो जिल्लामा महामारी आएको बेला आफै गएर सहयोग गर्ने मन भए पनि कोरोना संक्रमित भएका कारण कार्यकर्तामार्फत सामग्री पठाएको बताए ।
उनले आफू अस्वस्थताका कारण भौतिक रुपमा उपस्थित हुन नसकेपनि क्षेत्रका जनताको लागि सक्दो प्रयास निरन्तर जारी रहने बताए। नेता साउदले ४ / ५ दिनभित्रै थप सामग्री पनि पठाउन लागेको जानकारी दिए।
काङ्ग्रेस क्षेत्र न २ का सभापति दल बहादुर बोहराले काँग्रेस नेता साउद आफू संक्रमित हुँदा पनि निरन्तर क्षेत्रका जनताको स्वास्थ्यप्रति चिन्तित रहेको बताए । हस्पिटल बेड , टेबुल पंखा लगायतका सामग्री बुझ्दै बेदकोट नगरपालिकाका प्रमुख अशोक चन्दले आवश्यक सामग्री उपलब्ध गराइ दिएकोमा नेता साउदप्रति धन्यवाद दिए ।
नेता साउदले यसअघि पनि सोही क्षेत्रमा ३ थान अक्सिजन कन्सन्ट्रेटर, ८ थान अक्सिमिटर, सेनिटाइजर, मास्क लगायतका अति आवश्यक स्वास्थ्य सामग्री शुक्लाफाँटा नगरपालिकाले संचालन गरेको क्षेत्र नम्बर २ को एकमात्र कोभिड अस्पताल पिपलाडीलाई पठाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको भाउ केही 'तलमाथि', कसको कति ?
-
इटालीको युभेन्टसलाई झट्का
-
च्याम्पियन्स लिग : अंक दुरीमा बोरुसियाले बार्सिलोनालाई भेट्टायो
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?