शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा नहरमा डुबेर बालिकाको मृत्यु

बुधबार, १९ जेठ २०७८, २० : २३
बुधबार, १९ जेठ २०७८

दाङमा नहरमा डुबेर एक बालिकाको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लमही नगरपालिका—७ कमानपुर निवासी स्यानु चौधरीका सात वर्षीया छोरी इन्दु चौधरीको घर नजिकैको नहरमा डुबेर मृत्यु भएको हो ।
बिहान साढे ११ बजेतिर नहरमा डुबेर गम्भीर भएकी उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । उनका अनुसार नुहाउने क्रममा उनी नहरमा डुबेकी हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप