निषेधाज्ञामा स्वस्थ रहन अभिनेता राजेश हमालले दिए यस्तो टिप्स

कोरोनाको दोस्रो भेरियन्टसँग सर्वसाधारणलाई जोगाउन सरकारले विगत एक महिनादेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण अहिले सर्वसाधारणको दैनिकी घरमै सिमित हुन पुगेको छ । लामो समय घरमै रहँदा मानिसमा मानसिक लगायत बिभिन्न समस्या देखिने गरेको छ । स्वास्थ्यमा क्रियाशील विभिन्न संघ–संस्था, स्वास्थ्यकर्मी लगायतले यस्तो बेलामा स्वस्थ रहन बेला–बेलामा बिभिन्न टिप्स दिने गर्दछन् ।
यस्तैमा अभिनेता राजेश हमालले पनि लामो समय घरमै रहेका सर्वसाधारणका लागि केही स्वास्थ्य टिप्स दिएका छन् । हमालले सामाजिक सञ्जाल फेसबुक भिडियो सार्वजनिक गर्दै स्वास्थ्य टिप्स दिएका छन् । म राजेश हमाल भन्दै सुरु गरेको भिडियोमा उनले लकडाउनले मानसिकतामा असर गर्ने भएकोले विशेष होसियार रहन समेत आग्रह गरेका छन् । समाचारका विभिन्न स्रोतमा धेरै समय नखर्चिन समेत बताएका हमालले स्वस्थ रहनका लागि एक्सरसाइज, खाना बनाउने, बगैंचा सफा गर्ने, चुट्किला सुन्न, हिँडडुल गर्न, पुस्तक पढ्न र लेख्नमा आफुलाई ब्यस्त राख्न समेत सुझाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झिल्को’ को ट्रेलरमा बालबालिकाको डिजिटल कुलतको कथा
-
रियल म्याड्रिडमै रहने भए भिनिसियस जुनियर
-
ओलीमा एक प्रकारले हतास मनस्थिति देखिएको छ : अग्नि सापकोटा
-
नेपालको राष्ट्रिय फल ‘सुन्तला’ ठुलो परिमाणमा आयात, १ अर्ब बाहिरियो
-
पुटिनले ट्रम्पलाई उपहारमा पठाएका थिए यो तस्बिर
-
एनआरएनएको एकता महाधिवेशन सार्न परराष्ट्रले गरेको पत्राचार गैरकानुनीः अधिवक्ता घिमिरे