शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञामा स्वस्थ रहन अभिनेता राजेश हमालले दिए यस्तो टिप्स

बुधबार, १९ जेठ २०७८, २० : ०८
बुधबार, १९ जेठ २०७८

कोरोनाको दोस्रो भेरियन्टसँग सर्वसाधारणलाई जोगाउन सरकारले विगत एक महिनादेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण अहिले सर्वसाधारणको दैनिकी घरमै सिमित हुन पुगेको छ । लामो समय घरमै रहँदा मानिसमा मानसिक लगायत बिभिन्न समस्या देखिने गरेको छ । स्वास्थ्यमा क्रियाशील विभिन्न संघ–संस्था, स्वास्थ्यकर्मी लगायतले यस्तो बेलामा स्वस्थ रहन बेला–बेलामा बिभिन्न टिप्स दिने गर्दछन् ।

यस्तैमा अभिनेता राजेश हमालले पनि लामो समय घरमै रहेका सर्वसाधारणका लागि केही स्वास्थ्य टिप्स दिएका छन् । हमालले सामाजिक सञ्जाल फेसबुक भिडियो सार्वजनिक गर्दै स्वास्थ्य टिप्स दिएका छन् । म राजेश हमाल भन्दै सुरु गरेको भिडियोमा उनले लकडाउनले मानसिकतामा असर गर्ने भएकोले विशेष होसियार रहन समेत आग्रह गरेका छन् । समाचारका विभिन्न स्रोतमा धेरै समय नखर्चिन समेत बताएका हमालले स्वस्थ रहनका लागि एक्सरसाइज, खाना बनाउने, बगैंचा सफा गर्ने, चुट्किला सुन्न, हिँडडुल गर्न, पुस्तक पढ्न र लेख्नमा आफुलाई ब्यस्त राख्न  समेत सुझाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप