खनाल–नेपाल पक्षले बोलायो एमाले केन्द्रीय समिति बैठक
बुधबार, १९ जेठ २०७८, १९ : २५
नेकपा एमालेको खनाल नेपाल पक्षले केन्द्रीय समिति बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न बैठक बोलाएको खनाल नेपाल पक्षका नेता युवराज ज्ञवालीले जानकारी दिए । उनका अनुसार कोभिड–१९ का कारण भर्चुअल रुपमा बैठक बस्नेछ । बैठक बिहीबार बिहान ११ बजेलाई तोकिएको छ ।
अध्यक्ष ओलीका कारण एमाले एकता टर्दै गएको निष्कर्षमा पुगेको सो समुहका नेता माधव नेपालले सोमबार यता विभिन्न जनवर्गीय संगठनका कार्यकर्तासँग भर्चुअल छलफल गरेका थिए । ती छलफलमा आएका सुझावसहित नयाँ पार्टी गठनबारे केन्द्रीय समिति बैठकमा समेत छलफल गरिने नेताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
-
फेरिएको गृह मन्त्रालय : समस्या लिएर आउँछन् नागरिक, तत्कालै हुन्छ सम्बोधन
-
बागमती संसदीय समितिको सभापतिका लागि आज मनोनयन दर्ता
-
वर्षाले खेल रद्द हुँदा हैदराबाद आईपीएलको प्लेअफमा