युएईद्वारा नेपाललाई १२ टन स्वास्थ्य सामग्री सहयोग
बुधबार, १९ जेठ २०७८, १९ : २१
यूएई । संयुक्त अरब ईमिरेट्स (यूएई)ले नेपाल सरकारलाई करिव १२ टन स्वास्थ्य सामग्री पठाएको छ। कोभिड–१९ बाट सङ्क्रमित नेपालीहरूको सहयोगका लागि विशेष विमानमार्फत (युएई) ले १२ टन स्वास्थ्य उपकरण सहितको सामग्री आज नेपाल पठाएको हो।
यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार १५० भेन्टिलेटर, ट्रली, मास्कसहित करिब १२ टन स्वास्थ्य सामग्री तथा उपकरणहरू नेपाल पठाइएको छ । नेपाली दूतावासको विशेष पहलमा यूएई सरकारले उक्त स्वास्थ्य सामग्री नेपाल पठाएको हो ।
गत वर्ष अप्रिलमा पनि यूएई सरकारले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । नेपाली दूतावास यूएईले नेपालीहरूलाई समस्या परेका बेला हार्दिकतापूर्ण सहयोग गरेकोमा यूएई सरकारलाई विशेष धन्यवाद व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्र बोर्डको संरचना परिवर्तन गर्न आयोगको सुझाव
-
व्यापार युद्धको भय : विश्व बजारमा सुनको भाउ अहिलेसम्मकै बढी
-
वनस्पति क्षेत्रको थप विकास र व्यवस्थापन गर्न जरुरी छ : वनमन्त्री ठकुरी
-
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ८५ हजार पुग्यो
-
दैलेखमा तीन महिने शिशु अपहरण: एक महिला पक्राउ
-
दक्षिण एसिया र मोदी