शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिममा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

बुधबार, १९ जेठ २०७८, १९ : १०
बुधबार, १९ जेठ २०७८

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर १, कैलाली १, बाजुरा २, डडेल्धुरा २ रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय २० मा  एन्टिजेन परिक्षण गर्दा १ सय १ जनामा कोरोना पुष्टी भएको छ भने  मृत्य १ रहेको छ । ६ सय ४४ मा पिसिआर परिक्षण गर्दा १ सय ९२ मा कोरोना पुष्टी भएको छ भने ८ जना को मृत्यु भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटी लाई जानकारी दिए ।

प्रदेशमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय १२ पुगेको छ । ४५ हजार ४ सय ३७ को ए​न्टीजेन परीक्षण गर्दा ६ हजार ९ सय २७ मा कोरोना पोजेटिभ छ भने मृत्यु २ सय २४ छ । नेगेटिभ ३८ हजार ५ सय १० रहेको कार्कीले बताए । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार १ लाख ८३ हजार ९ सय १ नमुनाको पिसिआर परीक्षण गर्दा ३३ हजार ३ सय २१ जना कोरोना पोजेटिभ पुष्टी भएका छन ।

२ सय ८८ जना कोरोना संक्रमणबाट मृत्यु भएको जनाइएको छ । नेगेटिभ १ लाख ५० हजार ५ सय ८० रहेको छ । परीक्षण नमुनामध्ये २ सय ४२ को नतिजा आउन बाँकी छ भने निको २६ हजार ८ सय १ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप