निषेधाज्ञाकै बेला १५ सय विदेशी पर्यटक नेपाल भित्रिए
बुधबार, १९ जेठ २०७८, १८ : ४५

निषेधाज्ञाकै बीच मे महिनामा मात्रै झण्डै १५ सयको हारहारीमा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) काअनुसार गत मे महिनामा मात्र हवाई मार्ग हुँदै विभिन्न मुलुकबाट अधिकतम १ हजार ४६८ जना विदेशीहरु नेपाल प्रवेश गरेका हुन् ।
जसमध्ये दक्षिण एशियाली मुलुकहरूबाट अधिकतम ६०२ जना नेपाल आएका छन् भने अन्य एसियन मुलुकहरूबाट ११३ जना, युरोपियन मुलुकहरूबाट २४२ जना र सामुन्द्रिक (ओसियन) मुलुकहरूबाट ८ जना विदेशीहरु नेपाल आएका छन् ।
यसबाहेक सो समयमा अन्य मुलुकहरूबाट २५४ जना आएको विमानस्थलको भनाई छ । सो समयमा सबैभन्दा बढी भारतबाट ५८० जना आएको विमानस्थलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर ’ निर्माण
-
सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि इन्स्पेक्टर जोशी पक्राउ
-
माओवादी अभियान : प्रचण्डसहितको टोली मोरङमा, सहिद परिवारसँग भेट
-
केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो
-
मस्कले संघीय कर्मचारीलाई इमेलको जवाफ दिन अर्को मौका पनि दिने
-
बंगालको खाडीमा भूकम्प