दरबार हत्याकाण्ड सम्झाउने १५ तस्बिर
विसंं. २०५८ साल जेठ १९ गते शुक्रबार मध्यरातमा नारायणहिटी राजदरबारभित्र राजा वीरेन्द्रको बंश विनाश हुने गरी गोलीकाण्ड भएको थियो । युवराज दीपेन्द्र शाहले आफ्नो बाबुआमा र भाइबहिनीको हत्या गरेर आफूले आत्महत्या गरेको बताइँदै आए पनि आम जनमानसमा यो घटनालाई षडयन्त्रका रुपमा व्याख्या गर्नेहरु पनि छन् ।
हरेक शुक्रबार राति दरबारभित्रको त्रिभुवन सदनमा पारिवारिक जमघट र भोज हुने गर्दथ्यो । त्यही भोजमा सरिक भएका बेला तत्कालीन युवराज दीपेन्द्रले सैन्य पोशाक लगाएर दुईवटा बन्दुक चलाई राज परिवारको हत्या गरेको बताइन्छ । गोलीकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुती, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो।
घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । उक्त दरबार हत्याकाण्ड २० वर्षसम्म पनि रहस्यमयको गर्भमै छ । त्यसबेला सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रलाई दोषी ठहर्याए पनि त्यसलाई आमजनताले विश्वास गरेका छैनन् ।
त्यसबेला दरबारभित्र फेला परेका दसी–प्रमाण र अनुसन्धान सम्बन्धी केही तस्वीर हामीले यहाँ प्रस्तुत गरेका छौं –

१. रगत लत्पतिएको टोपी र चश्मा । यो टोपी राजा वीरेन्द्रको रहेको अनुमान गरिएको छ ।

२. शुक्रबारको भोज भइरहेको स्थल ।

३. दरबारभित्र रहेको बार ।

४. घटनास्थलमा फेला परेको सैन्य पोशाक ।

४. भागदौडमा छुटेको चप्पल र हतियार ।

६. भागदौडमा छुटेको चप्पल

७. घटनास्थलमा फेला परेको हतियार ।

८. घटनास्थलमा फेला परेको हतियार ।

९. घटनास्थलमा फेला परेको रगतमा लत्पतिएको टोपी र चश्मा ।

१० घटनास्थलमा फेला परेको रगतमा लत्पतिएको टोपी

११. रगत बगेको स्थानमा खसेको चश्मा

१२. बन्दूकको गोली ।

१३. छानविन समितिलाई बयान दिँदै पारस शाह ।

१४. छानविन समितिलाई बयान दिँदै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला ।

१५. बिलियार्ड हल, जहाँ घटना हुनुपूर्व पारस र दीपेन्द्रले बिलियार्ड खेलेका थिए ।
तस्बिरहरु सौजन्य : श्रीप्रसाद पण्डित
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
-
डा. अशोक कुमार बास्कोटा : विज्ञान, अध्यात्म र सेवाको अद्भुत संगम
-
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
-
नेपाल–पाकिस्तानबिच पर्वतारोहण सहकार्य विस्तारमा जोड
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण