सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन जेठ २१ गते गर्न सिफारिस

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन यही जेठ २१ गतेदेखि आह्वान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले जेठ २१ गते अपराह्न ३ बजे बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकपछि आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जेठ २१ गते बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय भएको जानकारी दिइन् ।
कोरोना भाइरस सङ्क्रमणको जोखिम सँगसँगै सत्तापक्षीय दलमा उत्पन्न आन्तरिक किचलोका कारण बजेट अधिवेशन ढिलो गरी शुरु हुन लागेको हो । सत्तापक्षीय दलमा उत्पन्न आन्तरिक विवादकै बीच मुख्यमन्त्री त्रिलोचन भट्टले केही दिनअघि मात्र मन्त्रिमण्डल पुनर्गठन गरेका थिए ।
मन्त्रिपरिषद्को बैठकले डोटीमा केही दिनअघि भएको आगलागीको घटनामा घाइते भएका आमा छोरीको उपचारका लागि रु दुई लाख दिने निर्णय समेत गरेको छ । घाइते लक्ष्मी भाट र उनकी छोरीको अहिले काठमाडौंमा उपचार भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलभीएमएचलाई उछिनेर येहमेस बन्यो विश्वको सबैभन्दा मूल्यवान् लक्जरी कम्पनी
-
लस एन्जल्स ओलम्पिकमा क्रिकेट खेल अस्थायी रंगशालामा खेलाइने
-
चलचित्र ‘मैना’ निर्माणको घोषणा
-
अतिरिक्त भन्सार महसुलबारे अमेरिकाले चीनलाई के भन्यो ?
-
शिक्षकहरूले आन्दोलन नरोकेपछि के भनिन् शिक्षामन्त्रीले ?
-
बागमतीका मेयर थापाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ जारी