बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन जेठ २१ गते गर्न सिफारिस

बुधबार, १९ जेठ २०७८, १८ : ३४
बुधबार, १९ जेठ २०७८

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन यही जेठ २१ गतेदेखि आह्वान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले जेठ २१ गते अपराह्न ३ बजे बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।  बैठकपछि आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जेठ २१ गते बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय भएको जानकारी दिइन् ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम सँगसँगै सत्तापक्षीय दलमा उत्पन्न आन्तरिक किचलोका कारण बजेट अधिवेशन ढिलो गरी शुरु हुन लागेको हो । सत्तापक्षीय दलमा उत्पन्न आन्तरिक विवादकै बीच मुख्यमन्त्री त्रिलोचन भट्टले केही दिनअघि मात्र मन्त्रिमण्डल पुनर्गठन गरेका थिए ।

 मन्त्रिपरिषद्को बैठकले डोटीमा केही दिनअघि भएको आगलागीको घटनामा घाइते भएका आमा छोरीको उपचारका लागि रु दुई लाख दिने निर्णय समेत गरेको छ । घाइते लक्ष्मी भाट र उनकी छोरीको अहिले काठमाडौंमा उपचार भैरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप