काठमाडौं उपत्यकामा सवारी साधनलाई पूर्ण रुपमा रोक लगाउने निर्णय
बुधबार, १९ जेठ २०७८, १७ : ५९

काठमाडौं उपत्यकामा थप १० दिन सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइने भएको छ । बुधबार बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
बैठकले हाल कायम निषेधाज्ञालाई जेठ ३१ गतेसम्म लम्ब्याउने र सार्वजनिक तथा निजी यातायातका साधन आगामी २१ गतेदेखि ३१ गतेसम्म पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । सार्वजनिक तथा निजी सवारी साधनहरु आगामी जेठ २१ गते बिहान १ बजेदेखि ३१ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
यद्यपि अत्यावश्यक सवारी साधन, खाद्यान्न, तरकारी तथा फलफूल, दुध, पानी लगायतका ढुवानीका साधनहरुलाई भने रोक नलगाइने बैठकले निर्णय गरेको छ । साथै, सोही बैठकबाट हालसम्म रोकिएका निर्माण सामाग्री तथा औजार ढुवानीका सवारी साधनलाई भने सञ्चालन गर्न दिने निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिवरात्रिमा पशुपतिको दर्शनलाई प्रभावकारी बनाउन १० उपसमिति गठन
-
पेस्तोल तथा गोलीसहित दुई जना पक्राउ
-
अवैध सुन चाँदी कारोबारमा संलग्न चार भारतीय नागरिक पक्राउ
-
भूमिकाको ‘छ कि छैन मञ्जुरी’ मा राज र सुनिशाको अभिनय
-
सालकको खपेटासहित चार जना पक्राउ
-
माओवादीबाट निर्वाचित जनप्रतिनिधिको भेलाद्वारा ३० बुँदे प्रतिबद्धता पारित (पूर्णपाठ)