बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गण्डकीमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु

बुधबार, १९ जेठ २०७८, १७ : ४२
बुधबार, १९ जेठ २०७८

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १३ जनाको मृत्यु भएको हो ।  गण्डकी प्रदेशमा विभिन्न जिल्लाका १३ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । 

उनका अनुसार कास्कीमा ४,लमजुङ २, तनहुँ २,स्याङजा ३ र गोरखामा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  पोखरा–१२ का ३२ वर्षीय पुरुष, पोखरा–१५ का ५८ वर्षीय पुरुष, पोखरा–१७ का २९ वर्षीय पुरुष, पोखरा–७ का ८५ वर्षीय पुरुष, तनहुँ भिमाद–२ का ४९ वर्षीय पुरुष, ब्यास–७ का ६३ वर्षीय पुरुष, स्याङजा गल्याङ–३ का ४९ वर्षीय पुरुष, कालीगण्डकी–२ की ५७ वर्षीय महिला, बिरुवा–३ की ६२ वर्षीय कोरोेना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

त्यसैगरी लमजुङ मध्ये नेपाल–१ का ६० वर्षीय पुरुष, बेशीसहर–२ का ८० वर्षीय पुरुष, गोरखा पालुङटार–५ का ५४ वर्षीय पुरुष र सिरानचोक–३ का ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७०७ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप