निर्वाचन आयोगले महन्थ र उपन्द्रलाई भन्यो – कारवाही पत्रको ढाँचा मिलेन

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका दुवै अध्यक्षले पठाएको कारवाहीसम्बन्धी पत्रको नियमावलीको अनुसूचीकाे ढाँचाअनुसार नमिलेको बताएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई पार्टीबाट निष्कासन गर्दै कारवाही गरेको पत्र निर्वाचन आयोगमा पठाएका थिए ।
आयोगले अध्यक्ष ठाकुरसँग केन्द्रीय समितिको निर्णयको प्रतिलिपि प्रस्तुत गर्न माग गर्दै पत्र पठाएको छ । अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई गराउँदै पार्टी दर्ता किताबबाट उपेन्द्र यादवको नाम हटाउन गरेको आग्रह गरेकोमा छानविन आयोगले केन्द्रीय समितिमा भएको निर्णयको हस्ताक्षरसहित प्रतिलिपि राजनीतिक दल दर्ता सम्बन्धी उप नियमावलीको अनुसूची १८ को ढाँचा अनुसार प्रस्तुत गर्न पत्र पठाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
त्यस्तै, आयोगले यादव पक्षलाई पनि राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची अनुसार निवेदन दिन पत्र पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा बार्सिलोना र एटलेटिको मड्रिड अगाडि, रियाल तेस्रो स्थानमा झर्यो
-
प्रिमियर लिगमा चेल्सी फेरि हार्यो
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल