बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

संसारको पहिलो घटना : चिनियाँ व्यक्तिमा भेटियो बर्ड फ्लू

बुधबार, १९ जेठ २०७८, १६ : २०
बुधबार, १९ जेठ २०७८

चीनका ४१ वर्षका एक व्यक्तिमा दुर्लभ बर्ड फ्लूको संक्रमण भेटिएको छ । कुनै मानिसमा H10N3 स्ट्रेन भेटिएको यो पहिलो घटना हो ।

यद्यपि, अधिकारीले यी व्यक्ति कसरी संक्रमित भए भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन । तर यो स्ट्रेन मानिसबीच सजिलै फैलने नसक्ने बताइएको छ ।

जियाङ्सु प्रान्तमा बस्ने यी व्यक्तिमा अघिल्लो हप्ता संक्रमणको पहिचान भएको थियो । हाल उनी उपचारपछि निको हुने   क्रममा छन् र उनलाई चाँडै नै अस्पतालबाट डिस्चार्ज गरिनेछ ।

बर्ड फ्लूका अनेक प्रकार छन्। कुखुरा पालन गर्ने मानिसमा बर्ड फ्लू सरेको घटना यदाकदा सुनिन्छ ।

तर कन्ट्याक्ट ट्रेसिङ गर्दा ती व्यक्तिको संसर्गमा आएका अरू मानिसमा बर्ड फ्लू देखिएन ।

बेइजिङको राष्ट्रिय स्वास्थ्य आयोगले जेनजियांग शहरमा बस्ने यी व्यक्ति गत अप्रिल २८ तारिखमा अस्पताल भर्ना भएका थिए र एक महिनापछि उनी H10N3 द्वारा संक्रमित भएको पत्ता लागेको हो ।

ग्लोबल टाइम्सले राष्ट्रिय स्वास्थ्य आयोगलाई उद्धृत गर्दै भनेको छ, विश्वमा कुनै मानिसमा पनि H10N3​ को सङ्क्रमण भेटिएको थिएन । यो पक्षीबाट मानिसमा सरेको विरल सङ्क्रमण हो । यो ठूलो मात्रामा फैलिने जोखिम अत्यन्त न्यून छ ।’

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रोयटर्स समाचार एजेन्सीलाई भनेको छ, ‘अहिले मानिसबाट मानिसमा उक्त भाइरस सर्ने सङ्केत भेटिएको छैन ।’

यद्यपि, हालको समयमा H5N8  प्रकारको प्रकोप फैलिएको छ । यसैकारण युरोपका थुप्रै देशमा हज्जारौं कुखुरा मरिरहेका छन् ।

यसअघि फेब्रुअरी महिनामा रुसले मानिसमा बर्ड ​ फ्लूको पहिलो मामिलाको विषयमा चेतावनी दिएको थियो । जुन विशेषगरी यसै स्ट्रेनसँग सम्बन्धित थियो ।

गत फेब्रुअरीमा रुसमा उक्त भाइरस मानिसमा पनि सरेको पुष्टि भएको थियो ।

सन् २०१६ र २०१७ मा एभीअन इन्फ्लूएन्जाको  H7N9 ​ प्रकारको प्रकोप फैलिँदा झन्डै ३०० जनाको मृत्यु भएको थियो ।

त्यसपछि बर्ड फ्लू मानिसमा ठूलो मात्रामा सरेको देखिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप