बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सेती प्रादेशिक अस्पतालमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टी

बुधबार, १९ जेठ २०७८, १६ : १३
बुधबार, १९ जेठ २०७८

कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा थप  ५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा २ सय ३३  नमुनाको परीक्षण गर्दा  ५४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो  । जसमा १७९ जनाको रिपोर्ट नेगेटिभ  आएको  सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १ संक्रमितको मृत्यु भएको छ ।

उनका अनुसार दोस्रो लहरको कोरोना संक्रमणबाट निको हुने बिरामीको संख्या ९ सय १४ रहेको छ भने अहिले अस्पतालमा ४५ जना बिरामी उपचाररत रहेको उनले बताए ।  उनका अनुसार अहिलेसम्म १ सय ६९ संक्रमितको मृत्यु भइसकेको छ भने पछिल्लो २४ घण्टामा  ७ जना नयाँ बिरामी अस्पताल भर्ना भएका छन् । श्रेष्ठका अनुसार अहिलेसम्म १ लाख १ हजार ४ सय ८८ नमुना पिसिआर  परीक्षण भएको छ । त्यसमध्ये  १७ हजार ९ सय ५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने ८३ हजार ५ सय २९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप