सेयर बजारमा ५५ अंकको वृद्धि, कारोबार रकम घट्यो
बुधबार, १९ जेठ २०७८, १५ : ४२
बुधबार सेयर बजारमा ५५.७६ अंकले बृद्धि भएको छ । २.१ प्रतिशतले बढेको बजार २८२७.१२ बिन्दुमा अडिएको छ । कारोबार रकम भने घटेको छ ।
यस दिन ११ अर्ब ३५ करोड बराबरको सेयर कारोबार भएको छ । म्युचुअल फण्ड बाहेक सबै समुह उचालिएको छ । सानिमा माइ हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सेयर मूल्य ५ सय ६ रुपैयाँ पुगेको छ ।
यता राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले बढेर २३ हजार ५ सय ९४ रुपैयाँ पुगेको छ । कारोबार रकमका आधारमा नेपाल रि इन्सुरेन्स अगाडी छ । यसको १ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या