कास्टिङ काउचको बिषयमा जरीनको खुलासा : रिहर्सलको बहानामा किस गर्न खोजियो

काठमाडौँ । अभिनेत्री जरीन खानले फिल्म अभिनय अगाडि रिहर्सलको बहानामा आफुलाई किस गर्ने कोसिस गरिएको बताएकी छन् । हालै एक अन्तवार्तामा उनले कास्टिङ काउचको अनुभव शेयर गर्दै यस्तो कुराको खुलासा गरेकी हुन् । उनले भनिन्– ‘कास्टिङ काउचबाट रिहर्सलको बहानामा मलाई किस गर्ने कोसिस गरिएको थियो ।’
उक्त व्यक्तिको नाम आफु अहिले नलिने बताएकी जरिले अगाडि थपिन्– ‘ती ब्यक्तिले मलाई भनेका थिए, तपाइँलाई थाहा छ, हामी एक किस सिन गर्दैछौ ।’ आफुले रिहर्सलको रुपमा केही पनि किसिङ सिन नगर्ने सो बेलामा बताएको उनले सुनाइन् ।
जरीन पछिल्लो समयका बलिउडकी चर्चित अभिनेत्री मध्येकी एक हुन् । उनी हमेसा आफ्नो फिट्नेसका कारणले समेत चर्चामा छाउने गर्छिन् । उनी आफ्नो बारेमा खुलेर बोल्ने अभिनेत्री पनि हुन् । २०१० को फिल्म ‘वीर’ मार्फत अभिनयमा डेब्यु गरेकी जरीन फिल्ममा सलमान खानको अपोजिट भूमिकामा थिइन् । त्यसपछि ‘हेट स्टोरी ३’, ‘हाउस फुल २’, ‘अक्सर २’ र ‘वजाह तुम हो’ लगायत फिल्म अभिनय गरेकी जरीन पछिल्लो समय फिल्म ‘हम भि अकेले, तुम भि अकेले’ मा देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेमौसमी वर्षाले एक करोडभन्दा बढीको इँट्टा नष्ट
-
नयाँ वर्षमा आन्तरिक र बाह्र पर्यटकले भरियो सैलुङ (तस्बिरहरू)
-
एमाले महासचिवको अभिव्यक्ति विवादमा : कर्णालीका मान्छेले गणतन्त्रपछि मात्रै भात खान पाएका हुन् ?
-
‘मिडियाले निराशा बढाउने काम गर्न हुँदैन’
-
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : प्रचण्ड
-
दुर्गा प्रसाईँको प्रहरीलाई छक्काउने योजना यसरी भयो विफल