भारतमा कोभिड-१९ बाट पछिल्लो २४ घण्टामा ३ हजार बढीको मृत्यु
एजेन्सी । भारतमा कोरोनाभाइरस महामारी (कोभिड–१९) बाट संक्रमितमध्ये विगत २४ घण्टामा थप तीन हजार २०७ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोभिड–१९ संक्रमितमध्ये कूल तीन लाख ३५ हजार १०२ जनाको ज्यान गइसकेको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा एक लाख ३२ हजार ७८८ जना नयाँ संक्रमित थपिएका छन् । यो सहित भारतमा बुधबारसम्म कूल संक्रमितको संख्या दुई करोड ८३ लाख नाघेको छ । तर संक्रमितमध्ये दुई करोड ६१ लाख ७९ हजार निको भएका छन् । अझै १७ लाख ९३ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामै रहेका छन् । तर यो संख्या विगत २४ घण्टामा एक लाखले कमी आएको हो ।
मन्त्रालयका अनुसार भारतमा पछिल्ला केही दिनदेखि संक्रमितको संख्यामा निकै कमी आएको छ । भारतमा गत जनवरी १६ देखि राष्ट्रव्यापी खोप अभियान थालनी गरिएको थियो । हालसम्म देशभर करिब २१ करोड ८० लाख डोज खोप लगाइएको छ । तर भारतका कैयौं स्थानमा खोपको अभाव देखिएको तथा खोप केन्द्रहरुमा मानिसहरुको ठूलो भिड लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतले हाल १८ वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप दिने नीति लिएको छ । मन्त्रालयका अनुसार, मङ्गलबार एकै दिन भारतमा २३ लाख ९७ हजार डोज खोप दिइएको छ । यसैबीच, भारतले कोभिड–१९ को परीक्षण सुविधालाई अझ सहजीकरण र व्यापक बनाएको छ । हालसम्म भारतमा ३५ करोड नमुना परीक्षण गरिएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै