मेस्सीले बार्सिलोनासँगै नयाँ करार सम्झौता गर्ने
लियोनेल मेस्सी बार्सिलोनासँग नयाँ करार सम्झौता निकट रहेको स्पेनिस पत्रिका एएसले जनाएको छ । ३३ वर्षीयले मेस्सीले बार्सिलोनासँग थप दुई वर्षको करार सम्झौता गर्ने बताइएको हो ।
गत सिजन क्याम्प नाउ छाड्ने मनसायमा पुगेका मेस्सी र क्लबबीच सम्बन्ध पछिल्लो समय सुधारिएको कारण उनी बार्सिलोनामा नै रहन चाहेको समाचारमा उल्लेख छ । आफ्नो निकटस्थ सर्जियो अगुएरोको क्लबमा आगमनले पनि मेस्सीलाई क्लबमा राख्न सहयोग पुगेको आँकलन गरिएको छ ।
क्लबका पूर्व अध्यक्ष जोसेप मारिया बार्टोमेउसँग मेस्सीको सम्बन्ध चिसिएको थियो तर नयाँ अध्यक्ष जोआन लापोर्टासँग भने मेस्सीको सम्बन्ध राम्रो रहेको बताइएको छ । नयाँ खेलाडी एरिक गार्सियालाई क्लबमा भित्र्याएको कार्यक्रममा बोल्दै लापोर्टाले केही दिनअघि मेस्सीसँग नयाँ करारका लागि भइरहेको छलफल सकारात्मकरुपमा अघि बढिरहेको बताएका थिए । ‘उनी यहाँ बस्न चाहन्छन् र हामी त्यो पुरा गर्न हरसम्भव प्रयास गर्नेछौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब