फ्रान्स सरकारद्वारा ७ टन स्वास्थ्य सामग्री नेपाललाई सहयोग, तस्बिरमा हेर्नुहोस्

फ्रान्स सरकारले कोरोना महामारीविरुद्ध लड्न ७ टन बराबरको स्वास्थ्य सामग्री नेपाललाई सहयोग गरेको छ । नेपाल सरकारले गरेको सहायताको अपिल अनुसार फ्रान्सको सरकारले मास्क, एन्टिजेन किट, भेन्टिलेटर र भाइजरहरु सहयोग गरेको हो ।
नेपालका लागि फ्रान्सका राजदूत फ्रांकोइस ह्याभिर लेगरले एक समारोहबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरे । स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै लेगरले कोरोना महामारीविरुद्ध नेपालको लडाइँमा फ्रान्स सधैँ साथमा रहेको बताए । यो महामारीविरुद्ध वैश्विक सहकार्य आवश्यक रहेको बताउँदै फ्रान्सहित युरोपियन युनियनका अन्य सदस्य राष्ट्रहरु नेपाल र नेपाली जनतालाई सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।
स्वास्थ्य सामग्रीसहित एयरबस ए३५० विमान आज त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । यसमा ५ लाख ४ हजार एपएफपी२ मास्क, २० हजार २२५ एन्टिजेन टेस्ट किट, १२ हजार प्रोटेक्सन ग्लास, ९ वटा ओसिरिस रेस्पिेटर र ५ वटा सिरियस ५० रेस्पिरेटरहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमोर्चाले छोट्यायो आन्दोलनको कार्यक्रम
-
मुम्बई हमलाका आरोपी रानालाई भारत नपठाउने अपिल अमेरिकी अदालतबाट खारेज
-
बार निर्वाचन : दोस्रो दिनको मतगणना सुरु, ६ वटा केन्द्रको गनिँदै
-
नेपाल आँखा अस्पतालमा बिरामीको प्रतिक्षाको समय एक घण्टामा सीमित
-
टी–२० क्रिकेटमा १३ हजार रन बनाउने पहिलो भारतीय खेलाडी बने विराट कोहली
-
राप्रपाको प्रदर्शन : तीनकुनेको कमजोरी सुधार्दै प्रहरी, आवश्यक परे सिलसिलेवार बल प्रयोग गर्ने रणनीति