चायाबाट छुटकारा पाउन अपनाउनुस् यी घरेलु उपाय

गर्मी महिनामा कपालको विशेष ख्याल राख्नु निकै जरुरी हुन्छ । यो मौसममा कपालमा धेरै समस्या देखिन्छ । तर केही त्यस्ता साधारण उपायहरु छन्, जसले कपाललाई चमकदार र मजबुत बनाउन अनि कपाल झर्ने र चायाको समस्याबाट टाढा रहनका लागि तपाईलाई सघाउनेछ ।
नरिवलको तेल
यो हामी सबैलाई थाहा छ कि नरिवलको तेल शिरको छालाका लागि निकै राम्रो हुन्छ । यसले कपालमा पनि सबै प्रकारका इन्फेक्सन र चाया समाप्त गर्छ । नुहाउनुभन्दा एक रात पहिले नरिवलको तेलले टाउको र कपामा राम्रोसँग मसाज गर्नुस् ।
घ्यु कुमारी
एलोभेरा अर्थात ध्यु कुमारीले पनि चायाको समस्याबाट राहत दिनसक्छ । यसमा रहेका प्रचुर गुणहरुले कपाल र छालालाई पनि धेरै फाइदा पु¥याउँछन् । यसले छालालाई सुख्खा हुनबाट पनि बचाउँछ । आफ्नो तालुमा एलोभेरा जेल लगाउनुस् र १५ मिनेट सुकाउनुस्, अनि फेरि पानीले धुनुस् ।
दही
हाम्रो तालुलाई शुष्कताबाट बचाउन दहील्े पनि महत्वपूर्ण भूमिका खेल्नसक्छ । यसका लागि आफ्नो शिरमा ३० मिनेटसम्म दही लगाएर राख्नुुस् र फेरि शिरलाई धुनुस् । दीका कारण हामीलाई चायाबाट मुक्ती मिल्छ । राम्रो परिणामका लागि तपाईले दहीमा तेल मिलाएर पनि शिर र कपालमा लगाउन सक्नुहुन्छ ।
एप्पल साइडर भिनेगर
एप्पल साइडर भिनेगर तालु चिलाउने समस्याबाट मुक्ति पाउनका लागि राम्रो विकल्प हो । एक चम्चा भिनेगरमा चार चम्चा पानी मिसाउनुस् । त्यसपछि कपासको सहयोगले त्यसलाई तालुमा लगाउनुस् । झन्डै आधा घण्टासम्म त्यसलाई तालुमै रहन दिनुस् र कपाललाई हल्का स्याम्पुले धुनुस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार