बागमती प्रदेशमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु
बुधबार, १९ जेठ २०७८, ०७ : ५०
मकवानपुर । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ । संक्रमणका कारण प्रदेशका १३ जिल्लाका ८ जना महिला र १९ जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।
मन्त्रालयका अनुसार कोरोनाका कारण सबैभन्दा बढी काठमाडौंमा एक जना महिला र ८ जना पुरुष गरी ९ जनाको मृत्यु भएको छ ।
त्यस्तै ललितपुरमा ४ जना, भक्तपुरमा ३ जना, काभ्रेमा ६ जना, नुवाकोटमा २ जना, चितवन, रामेछाप र मकवानपुरमा १/१ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
संक्रमणका कारण २६ वर्ष देखि ९३ वर्ष उमेर समुहका व्यक्तिहरुको मृत्यु भएको छ । यससँगै बागमती प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ४ सय २४ जना पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
रासायनिक मलको आपूर्ति असहज, फेरि हुन्छ अभाव ?
-
यौन जीवन ध्वस्त पारिदिन सक्छन् यी सात रोगले, सतर्क हुनुहोस्
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्