अफगानिस्तानमा बम विष्फोट, ४ सर्वसाधारणको मृत्यु
मङ्गलबार, १८ जेठ २०७८, २३ : २३

अफगानिस्तानको राष्ट्रिय सुरक्षा सेवा (एनडिएस) का सदस्यहरुलाई लक्षित गरी भएको विस्फोटमा चार जना सर्वसाधारणको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन् । प्रहरीका अनुसार परवान प्रान्तको चारिकार शहरमा उक्त घटना भएको थियो । उक्त घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।
अफगानिस्तानमा पछिल्ला केही हप्तादेखि हिंसात्मक घटनाहरु तिब्र रुपमा बढेका छन् । यी आक्रमणबाट खासगरी अफगान सुरक्षाफौज र सर्वसाधारणको ज्यान गइरहेको मानव अधिकारवादीहरुले बताएका छन् । आगामी सेप्टेम्बर ११ भित्र अफगानिस्तानमा तैनाथ अमेरिकी र नेटो सैनिक फिर्ती प्रक्रिया जारी रहेकै अवस्थामा यी हिंसात्मक घटनाहरु अझ बढेका छन् ।
विवरण अनुसार, केही सातादेखि बाघलान, हेल्मन्ड, कुन्दुज, कान्दाहार र लाघमान प्रान्तमा सरकारी फौज र तालिबान समेतका विद्रोहीहरुबीच भिडन्तहरु जारी छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशको शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा उच्चतम प्रयास भएको छ : मुख्यमन्त्री पाण्डे
-
३६७ किलो गाँजासहित ५ जना प्रहरीको नियन्त्रणमा
-
बागमतीका औद्योगिक ग्राम अलपत्र : न स्रोत छ, न व्यवस्थापन
-
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण
-
औद्योगिक ग्रामका लागि विधिवत् ढङ्गले अध्ययन भएको देखिएन : मन्त्री तामाङ
-
कपिलवस्तुमा शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीलाई लक्षित गरेर गोली प्रहार