शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अफगानिस्तानमा बम विष्फोट, ४ सर्वसाधारणको मृत्यु

मङ्गलबार, १८ जेठ २०७८, २३ : २३
मङ्गलबार, १८ जेठ २०७८

अफगानिस्तानको राष्ट्रिय सुरक्षा सेवा (एनडिएस) का सदस्यहरुलाई लक्षित गरी भएको विस्फोटमा चार जना सर्वसाधारणको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन् ।  प्रहरीका अनुसार परवान प्रान्तको चारिकार शहरमा उक्त घटना भएको थियो । उक्त घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।  

अफगानिस्तानमा पछिल्ला केही हप्तादेखि हिंसात्मक घटनाहरु तिब्र रुपमा बढेका छन् । यी आक्रमणबाट खासगरी अफगान सुरक्षाफौज र सर्वसाधारणको ज्यान गइरहेको मानव अधिकारवादीहरुले बताएका छन् । आगामी सेप्टेम्बर ११ भित्र अफगानिस्तानमा तैनाथ अमेरिकी र नेटो सैनिक फिर्ती प्रक्रिया जारी रहेकै अवस्थामा यी हिंसात्मक घटनाहरु अझ बढेका छन् । 

विवरण अनुसार, केही सातादेखि बाघलान, हेल्मन्ड, कुन्दुज, कान्दाहार र लाघमान प्रान्तमा सरकारी फौज र तालिबान समेतका विद्रोहीहरुबीच भिडन्तहरु जारी छन् । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप