जनताको टाउकोमा ऋणको भारी बोकाएर भत्ता बृद्धि गर्नु उचित होइन : सांसद बराल

गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजीप्रसाद बरालले आम जनताको टाउकोमा ऋणको भार बढाएर सरकारले अपाङ्ग र ज्येष्ठ नागरिकको भत्ता बृद्धि गर्नु उचित नभएको बताएका छन् । गण्डकी प्रदेशसभाको प्रि बजेट छलफल कार्यक्रममा मंगलबार सदनमा बोल्दै सांसद बरालले आफ्ना छोरा छोरी र नाति नातिनीको टाउकोमा राज्यको ऋण भार बढाएर उनीहरुले भक्ता बृद्धि गर्न माग नगरेको बताएका हुन् ।
सांसद बरालले तीन बर्षको अवधिमा ८ खर्बको ऋणभार बढाएर ओली सरकारले नेपालीको टाउकोमा ५० हजारको ऋणभार बोकाएको बताउँदै युवायुवतीलाई आत्म निर्भर हुने सिप सिकाउनुको सट्टा सस्तो लोक प्रियताको लागि भक्ता बृद्धि गरेको उनको भनाई थियो ।
उनले देशमा शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउन लाग्नुपर्नेमा सरकारले त्यो नगरी अनावश्यक रुपमा अनुत्पादक क्षेत्रमा बजेट बिनियोजन गरेको आरोप लगाए । ‘प्रदेश सरकारले यसको गम्भिर समिक्षा गर्नुपर्छ,’ उनले भने । ‘केन्द्र सरकार लाचार छ, केन्द्रको छायामा प्रदेश सरकार परेको छ ।’
सांसद बरालले देशका एउटा पक्ष संघीय लोकतान्त्रिक सांसद प्रणालीलाई आत्मसात गर्दै अगाडि बढेको र अर्को पक्ष संविधानलाई मुर्छित पार्दै सेटिङमा सत्ता कब्जाको रणनीतिमा अगाडि बढेको आरोप लगाए । उनले राज्य प्रणाली अनुसारको अर्थ प्रणाली आवस्यक रहेको बताउदै राज्य प्रणाली एकात्मक सोचबाट अघि बढेकोले जनअपेक्षा र शहीदहरुको सपना पुरा हुन नसकेको दाबी गरे ।
सांसद बरालले राज्यका शासकहरु देश प्रति जवाफदेही नहुदा मुलुकमा जन अपेक्षाकृत विकास निर्माण हुन नसकेको दाबी गरे । उनले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पहिले संसदमा विश्वासको मत नलिई बजेटका वारेमा छलफल गराएर असंवैधानिक काम गरेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ दिनमा बढ्यो नेप्से, सवा ८ अर्बको कारोबार
-
प्रचण्डद्वारा रुपन्देहीको जमुहानी पोखरा ताल पार्कको शिलान्यास
-
उपाध्यक्ष साहले बुझाए स्पष्टीकरण, आरोप प्रमाणित गर्न सिके राउतलाई चुनौती
-
‘लोकतान्त्रिक गणतन्त्रको विकल्प जनगणतन्त्र हो, राजतन्त्र होइन’
-
‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधिसभामा प्रस्तुत
-
विद्यालयहरू आजीवन कम्पनीमा रहनुपर्छ : नवनिर्वाचित अध्यक्ष अधिकारी