थापाको निधनमा देउवा र प्रचण्डद्वारा दुःख व्यक्त

विवेकशील साझा पार्टीका पूर्व संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधनप्रति नेपाली कांग्रेस दुःख व्यक्त गरेको छ । एक उदयमान युवा नेताका रुपमा आफूलाई स्थापित गर्न सफल भएका स्वर्गीय थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको काँग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ ।
देउवाले थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना प्रकट गरेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि दुःख व्यक्त गरेका छन् । प्रचण्डले भनेका छन्, ‘विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको कोरोना भाइरस संक्रमणबाट निधन भएको खबरले दुःख लागेको छ । मृतक थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेका ९५ प्रतिशत बालिकाले लगाए ‘एचपीभी’ खोप
-
१० जना प्रहरीको नाममा प्रधान कार्यालयले निकाल्यो सूचना
-
शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थिति उत्पन्न भएको भन्दै ताप्लेजुङमा कर्फ्यु
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना