दुई वर्षभित्र दूध उत्पादनमा आत्मनिर्भर बन्छौँ : मन्त्री अर्याल
कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दूध उत्पादनमा आत्मनिर्भर बन्ने बताएकी छन् । विश्व दूध दिवसका अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले मङ्गलबार आयोजना गरेको भर्चुअल कार्यक्रमा मन्त्री अर्यालले प्रतिव्यक्ति ११ लिटर दूध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र पुरा गर्ने उनले बताइन् ।
मन्त्री अर्यालले दुग्ध र डेरी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी बजेट आएकोसमेत बताइन् । कोभिड १९ महामारीले दुग्ध क्षेत्रमा समस्या सिर्जना गरेको भन्दै उनले यस विषयमा मन्त्रिपरिषद्को बैठकमा समेत छलफल भएको र बजारसँग जोडिएका कुरालाई सहजीकरण गर्ने दिशातर्फ सरकार अगाडि बढेको बताइन् । डिडिसीले दैनिक एक लाख लिटर दूध सङ्कलन गर्नुपर्ने अवस्था भए पनि अहिलेका अवस्थामा ९० हजार लिटर दैनिक सङ्कलन गर्दै आएको भन्दै उनले बजार खुलेपछि खपत बढाउने गरी काम गर्न निर्देशन दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
-
काठमाडौँ उपत्यकामा वायुको गुणस्तर खस्कियो (तस्बिरहरू)
-
सिन डिडीको बेल तेस्रो पटक पनि अस्वीकृत
-
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
-
अवैध आप्रवासन रोक्न सहमत भएको ट्रम्पको दाबीबारे के भन्छिन् मेक्सिकोकी राष्ट्रपति ?
-
चौथो प्लास्ट नेपाल २०२४ एक्स्पो भृकुटीमण्डपमा सुरु