‘मंगलम केयरः पीसीआर जाँच, मंगलमको साथ’
मङ्गलबार, १८ जेठ २०७८, १८ : ४६
![‘मंगलम केयरः पीसीआर जाँच, मंगलमको साथ’](https://rpcdn.ratopati.com/media/albums/Mnemonic_EXgGsd6HIt.jpg)
काठमाडौं । नेपालको पहिलो सीपीभीसी पाइप र ग्रिटिङ्ग्स उत्पादक तथा पोलिमर पाइपिङ उत्पादक र निर्यातकर्ता मंगलम इन्डष्ट्रिजले प्लम्बरहरुको लागि सुरु गरेको मंगलम केयर अन्तर्गत ‘मंगलम केयरः पीसीआर जाँच, मंगलमको साथ’ को सुरुवात गरेको छ ।
मंगलमले आफ्नो दर्ता गरिएको प्लम्बरलाई असार मसान्त सम्म पीसीआर परीक्षणमा ५० प्रतिशत छुट र परीक्षण पोजीटीभ आएकोमा ५ हजार औषधी खर्च व्यहोर्ने भएको छ ।
मंगलम इन्डष्ट्रिजका प्रबन्ध निर्देशक अभिनव चुरिवालले मंगलम पाइप्सको लागि प्लम्बरहरु टेक्निसियन मात्र नभएर परिवार भएको बताए । उनले उनीहरु संस्थाको अभिन्न अंग भएको कारण पीसीआर जाँच गर्न र औषधि उपचारका लागि खर्च बेहोर्ने बताए ।